दुवै खेमाको दोष बराबरी भएको दैलेख काँग्रेसको दाबी जनमतलाई नेकपाले धोका दियो ः बि.सी.


पुस १३, दैलेख
नेपाली काँग्रेस दैलेखका सभापति कृष्णकुमार बि.सी.ले वर्तमान सरकार र नेकपाले गरेका गतिविधिहरूले जनताले धोका पाएको बताएका छन् । दुई तिहाइ जनमत प्राप्त नेकपा पार्टी भित्रका नेतृत्वहरुलाई सत्ता मोह पलाएपछि नेकपाले जनताले दिएको जनादेशमाथि धोका दिएको छ, झन्डै दुई तिहाइ जनमत प्रदान गरेर मुलुकमा विकास र समृद्धिका लागि भनेर जनताले जनमत दिए तर नेकपाले धोका दियो, सरकारमा बस्नेहरू भ्रष्टाचारमा फसे, सरकार बाहिर रहेका नेताहरूले आफू आफ्ना र आफन्तहरू कसरी भती गर्न सकिन्छ भनेर लागे ।
यही किचलोका कारण अहिले जनताको जनादेशमाथि, जनताको बलिदानी बाट प्राप्त भएको संविधान र अधिकार माथि धावा बोल्ने काम सुरु भएको दैलेखका सभापति कृष्णकुमार बि.सी.ले आरोप लगाएका छन् ।
पूर्व माओवादी र एमाले मिलेर बनेको नेकपाले जनतालाई स्थायित्व सरकार प्रदान गर्नुपर्ने थियो, ठुला विकासका कामहरू अघि बढाउनुपर्ने थियो, तर आपसी खिचातानीभित्र फसेर संविधान भन्दा माथि जान खोज्नु कदामी राम्रो होइन हामी सडकबाट खबरदारी गरेका छौँ ।
आवश्यक भए चुनावमा गएर पनि यो विषयको सामना गर्ने छौँ अहिले सर्वोच्चमा सुनुवाइको अवस्थामा रहेकोले अदालतको फैसला पछि काँग्रेसले थप आन्दोलनका कार्यक्रमहरू सञ्चालन गर्ने कृष्णकुमार बि.सीको भनाई छ ।
काँग्रेस नेता जगतजंग थापाले काँग्रेस हिजोदेखि आजसम्म जनताको साथमै रहेर विभिन्न परिवर्तनमा साथ दिँदै आएको पार्टी भएको बताएका छन् । “काँग्रेसले जनताका सबैखाले समस्यासँग जुधेर काम गरिरहेको छ । जनमत प्राप्त नेकपाले जनताको मन जित्न सकेन्, जनमत थाम्न सकेन अव काँग्रेसको पालो आएको छ ।” थापाले भने ।
विरोध सभामा मञ्जु पाण्डे, विद्यार्थी नेता विनोद श्रेष्ठ लगायतले प्रधानमन्त्रीको कदम प्रतिगमन कारी भएको र समग्रमा कम्युनिस्टहरू सबैले जनताको भावना विपरीत काम गरेर जनताको मनबाट झनै टाढा भएको बताएका छन् ।
स्थानीय गणेशचौकबाट सुरु भएको ¥याली दैलेख सदरमुकाम परिक्रमा पश्चात् स्थानीय देवकोटा चौकमा पुगेर विरोध सभामा परिणत भएको थियो । बिरोध सभाको कार्यक्रम सञ्चालन नवीन शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार